आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

चितवनमा ३८ वर्षीय सैनिक जवानमाथी गोली हानी हत्या

गोकर्णेश्वर खबर७ श्रावण २०७८, बिहीबार १६:१० मा प्रकाशित (२ साल अघि) ४७९ पाठक संख्या

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका १७ स्थित सिमलडाँडामा मृत फेला परेका व्यक्ति नेपाली सेनाका जवान रहेको खुलेको छ। बस्तीबाट करिब ३ सय मिटर पर बिहीबार बिहान ७ बजेतिर पुरुषको शव भेटिएको थियो।

उक्त शव धादिङ निवासी ३६ वर्षीय भरत गुरुङको रहेको खुलेको हो। गुरुङ धादिङको नीलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ। गुरुङको टाउकोमा गोली हानेर हत्या गरिएको खुलेको छ। घटनास्थलमा एक थान गोलीको खोका भेटिएको छ।

पैदलयात्रुले कालोपत्रे सडकनजिकैको शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल अनुसन्धानपछि गुरुङको शव सनाखत भएको हो।