आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर ८ को इकाई सभापतिमा हिरेन्द्र लामाको दावि

गोकर्णेश्वर खबर५ श्रावण २०७८, मंगलवार १७:३४ मा प्रकाशित (२ साल अघि) ११२५ पाठक संख्या

५  साउन, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को इकाई सभापतिमा हिरेन्द्र लामाले दावि गरेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का नेपाल तरुण दलका सभापतिसमेत रहेका लामाले इकाई सभापतिमा दावि गरेका हुन् ।

नेपाली कांग्रेसको ११ औं महाधिवेशनबाट क्रियासिल सदस्यता लिएर पार्टिमा औपचारिक रुपमा आबद्ध भई निरन्तर राजनीतिमा सक्रिय हिरेन्द्र लामा गत स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवार भई झिनो मतले पराजित भएका थिए । उनले आफूले पार्टिमा निश्पक्ष रुपमा राजनीति गरेको, पार्टिको मुल्य मान्यताप्रति प्रतिबद्ध भई इमानदारितापूर्वक पार्टिका कार्यक्रमहरुमा सहभागि भईरहेको र सामाजिक विकासमा समेत अभिरुचिपूर्वक काम गर्दै नगर स्वयंसेवक समितिमा सदस्य भएर कार्य गरेको साथै कोभिडको कठिन समयमा राहत व्यवस्थापनमा सक्रियतापूर्वक कार्य गरेको अनुभव बोकेर स्थानीय जनता र पार्टीको सम्वन्ध बलियो बनाउने उदेश्य बोकेर आफूले इकाई सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावि गरे ।

उनले सामाजिक विकासका क्षेत्रमा अत्तरखेल युवा समुहको संस्थापक अध्यक्षको रुपमा सबैभन्दा पहिले बागमति सरसफाई कार्यको अगुवाई गरेको, दुव्र्यसन विरुद्धको कार्यक्रमहरु सफलतापूर्वक आयोजना गर्नुका साथै रक्तदान कार्यक्रम तथा नेचर हाईकिङ्ग जस्ता कार्यक्रमहरु पनि सक्रियतापूर्वक सम्पन्न गरेको बताए ।

उनले सामाजिक तथा राजनीतिक क्षेत्रका अगुवा, अभियन्ता, युवाहरुले आफूलाई अगाडी बढ्न हौसला दिएकाले आफूले इकाई सभापतिमा दावि गरेको बताए । उनले विकासका लागि कुरा मात्र गरेर नहुनेमा जोड दिंदै राजनीतिलाई सामाजिक सेवाको पवित्र भावना स्विकार गरी आफूले समाज र जनताको विकासमा सबैलाई मिलाएर अगाडी बढ्ने समेत बताएका छन् ।