आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

माधव नेपालसहित २२ सांसदलाई कारबाही गर्ने ओलीको प्रस्ताव

गोकर्णेश्वर खबर४ श्रावण २०७८, सोमबार १७:०० मा प्रकाशित (२ साल अघि) ३१५ पाठक संख्या

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव गरेका छन्।

ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले यस्तो प्रस्ताव गरेका हुन्।

उनले ती सांसदलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्ने बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैटक सुरु गर्दै अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन्।

आइतबार राति प्रतिनिधिसभा बैठकमा २२ सांसदले विश्वासको मत दिएका थिए।

विश्वासको मत दिनेमा सांसदहरु प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पावर्ती विसङखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन्।

त्यसैगरी, वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बम छन्।