आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रचण्डले भने- ‘एमसीसी जस्ताको तस्तै पारित हुँदैन’

गोकर्णेश्वर खबर४ श्रावण २०७८, सोमबार १०:२७ मा प्रकाशित (२ साल अघि) १८९ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अनुकुल कति पारिमार्जन र संशोधन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताए । उनले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सामान्य कुराकानी भएपनि यसको परिमार्जन, संशोधन र ब्याख्या गर्ने विषयमा ठोस कुराकानी नभएको बताए । उनले गठबन्धन सरकारमा तत्कालै समस्या आउने आफूले नदेखेको पनि बताए ।

दाहालले भने, ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौं भनेका छौं । एमसीसी जस्ताको तस्तै पारित हुँदैन । यसमा आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो धारणा हो ।’