आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

जर्मनीमा आएको भीषण बाढीमा परी १३३ जनाको मृत्यु

गोकर्णेश्वर खबर२ श्रावण २०७८, शनिबार १८:०० मा प्रकाशित (२ साल अघि) ३६२ पाठक संख्या

बर्लिन । अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यससँगै यस प्रकोपबाट युरोपमा १५३ जनाको मृत्यु भएको जनाइएको छ ।

धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनका साथै हराइरहेका मानिसको संख्या बढी रहेको बताइएको छ ।

जर्मनीको वेस्ट फेलिया प्रान्तको नर्थ राइनेमा बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएको बताइएको छ । यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।

नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।