आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

हामी रचनात्मक प्रतिपक्ष भएर बस्छौँ : अध्यक्ष ओली

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार १८:२५ मा प्रकाशित (२ साल अघि) २९४ पाठक संख्या

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै भ्रष्टाचारमा संलग्नको रिहा र हत्या आरोपीको आतंकले राम्रो संकेत नगरेको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन्।

भ्रष्टाचार आरोपी विजय गच्छदारको रिहाइ र हत्या अभियोगमा जेलमा रहेका मोहम्मद अफ्ताव आलम आतंकले देखाइसकेको छ, उनले देउवा नेतृत्वको सरकारको सुरुवातबारे टिप्पणी गर्दै भने, यातायातको भाडा वृद्धि पनि एउटा अर्को उदाहरण हो।

ओलीले एमालेले कांग्रेस-माओवादीले जसरी झुटो पनि नबोल्ने दाबी गरे। हामी कांग्रेस-माओवादी जस्तो हुँदै नभएको झुट कुरा बोल्दैनौँ, ओलीले भने, सरकारलाई राष्ट्रघाती काम र जनहितविरुद्धका गतिविधि गर्न दिदैनौँ।

ओलीले एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने पनि बताए। हामी रचनात्मक प्रतिपक्ष भएर बस्छौँ, उनले भने, देउवा सरकारले अझै पनि मन्त्रिमण्डल बिस्तार गर्न सकिरहेको छैन। कांग्रेस-माओवादीसहितको गठबन्धनले आफ्नो अस्तित्वको सैद्धान्तिक र राजनैतिक पुष्ट्याइँ पनि दिन सकिरहेको छैन।