आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पोखराका मेयर जिसिलाई मस्तिष्कघात

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार ११:२९ मा प्रकाशित (२ साल अघि) १८६ पाठक संख्या

पोखरा । पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उनलाई अहिले बिहान ४ बजेतिर मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । उनका अनुसार मेयरको अवस्था अहिले सुधारोन्मुख छ ।

मेयर जिसीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ ।

उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको भए पनि खराब मौसमका कारण हेलिकोप्टर उड्न सकेको छैन ।