आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वर वडा नं. ६ मा कुमार लामा सहित एकाई सभापतिका आकांक्षी ३ जना

गोकर्णेश्वर खबर३१ असार २०७८, बिहीबार २१:५६ मा प्रकाशित (२ साल अघि) १३२४ पाठक संख्या

३१ असार, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं. ६ एकाई सभापतिका लागि ३ जनाले उम्मेदवारीका लागि दावि गरेका छन् । सोमबार सम्पन्न एकाई तथा क्रियाशिल भेलामा ३ जनाले नेपाली कांग्रेसको आसन्न अधिवेशनमा गोकर्णेश्वर वडा नं. ६ मा एकाई सभापतिमा उम्मेदवारी दिने दावि गरेका हुन् ।

एकाई सभापतिका आकांक्षिहरुमा वर्तमान नगर कमिटिका कोषाध्यक्ष कुमार लामाका साथै वडा नं. ६ का बुथ प्रतिनिधि दिपक लामा र गोविन्द काफ्ले रहेका छन् ।

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का एकाई सभापति तथा वडा अध्यक्ष रमेश अर्यालको सभापतित्वमा सम्पन्न एकाई तथा क्रियाशिल भेलामा ७० जनाको उपस्थिती रहेको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा बसेको भेलामा आ–आफ्ना धारणा राख्ने क्रममा ३ जनाले एकाई सभापतिमा उम्मेदवारी दिने आकांक्षा राखेका भेलामा सहभागिले बताएका छन् ।