आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गण्डकीमा एमाले सांसदको तमासा,प्रदेशसभामै टेवल फालाफाल(भिडियो हेर्नुहोस्)

गोकर्णेश्वर खबर३० असार २०७८, बुधबार १९:४७ मा प्रकाशित (२ साल अघि) ५७७ पाठक संख्या

पोखरा । बुधबार गण्डकी प्रदेश सभामा बजेट पारित गर्ने कार्यसूची थियो । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफूहरुले अघि सारेका १० बुँदे माग पूरा नभए सदन चल्न नदिने अडान राखेर लगातार अवरुद्ध गरेका थिए ।

तर सरकारले उनीहरुका माग अहिले पूरा गर्न नसकिने भन्दै बजेट पारितको प्रयास गरेपछि एमालेले नाराबाजी गर्दै सदन अवरुद्ध गरेको थियो ।

लगातार तीनपटक सदन अवरुद्ध गरेपछि सरकारले बजेट जबर्जस्ती बजेट पारितको प्रस्ताव गर्न लागेपछि एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै रहेको टेबल उठाएर फालेका थिए ।

बस्नेत गण्डकी सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् । उनीहरुले बैठक बहिस्कार गर्न लाग्दा सुरक्षाकर्मीसँग धकेलाधकेल भएको थियो ।

हेरौँ गण्डकी प्रदेश सभामा पूर्वमन्त्रीले टेबल फालेको भिडियो