आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सर्वोच्चको फैसलापछि पाँच दलीय गठबन्धनको बैठक कोटेश्वरमा सुरु

गोकर्णेश्वर खबर२८ असार २०७८, सोमबार १८:४५ मा प्रकाशित (२ साल अघि) १८१ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनको बैठक कोटेश्वरमा सुरु भएको छ। कोटेश्वर स्थित नेपाल बन पैदावर उधोग व्यवसायी महासंघको कार्यालयमा बसेको हो।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछिको अवस्थाबारेमा गठबन्धनको छलफल भएको हो।

कोटेश्वरमा केहीबेरअघि जारी छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता बालकृष्ण खाण छन्।

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र वर्षमान पुन छन्।

यसैगरी जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादवसहित बाबुराम भट्टराई, महेन्द्र राय यादव छन्। राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल छलफलमा छन्। एमालेबाट नेपालसहित रघुजी पन्त छलफलमा छन्।

गठबन्धनको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्दै नयाँ रणनीति बनाउने नेताहरु बताउँछन्।

सर्वोच्चले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश दिएको छ।