आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

ओरालो लाग्दै कोरोना : आज थप १६०३ जनामा संक्रमण,२७ जनाको मृत्यु

गोकर्णेश्वर खबर२० असार २०७८, आईतवार १७:३६ मा प्रकाशित (२ साल अघि) १९३ पाठक संख्या

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ । आज २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आज थपिएका मध्ये काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना गरी जम्मा ४६१ जना संक्रमित भेटिएका छन् । ४८ सय ७६ पिसीआर परीक्षणबाट १ हजार ४२ र ३२ सय ५६ एन्टीजेन परीक्षणबाट ५६१ जनामा संक्रमण पुष्टि भएको हो ।