आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

मुलपानीमा टिपर टहरोमा खस्यो : दुई जनाको मृत्यु

गोकर्णेश्वर खबर१९ असार २०७८, शनिबार १२:१३ मा प्रकाशित (२ साल अघि) ७६० पाठक संख्या

काठमाडौँ । काठमाडौंको मुलपानी नजिकै टिपर खस्दा दुई जनाको ज्यान भएको छ।

टिपर खस्दा टहरामा सुतिरहेका दम्पतीको ज्यान गएको हो।

बालुवा बोकेको बा ५ ख २५११ नम्बरको टिपर सडकबाट खसेर टहरोमा परेको थियो।

दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्ती रहेको काठमाडौं परिसरका प्रहरी निरीक्षक अनिल अधिकारीले जानकारी दिए।
टिपर चालक गोविन्द घलान पक्राउ परेका छन्।