आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

सिन्धुपाल्चोक बाढी-पहिरो पीडितका लागि गोकर्णेश्वर यूवा समूहद्धारा राहत समाग्री हस्तान्तरण

गोकर्णेश्वर खबर१७ असार २०७८, बिहीबार २१:०३ मा प्रकाशित (२ साल अघि) ६८८ पाठक संख्या

काठमाडौं । सिन्धुपाल्चोकमा गत असार १ मा आएको भीषण बाढी पहिरोबाट विस्थापित भएका परिवारका लागि गोकर्णेश्व युवा समुहद्धारा राहत समाग्री  हस्तान्तरण गरेको छ ।

सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको गोकर्णेश्वर युवा समूहले सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्बुका बाढी पहिरो  पीडितहरुका लागि राहत सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

युवा समूहको टोली हेलम्बु र मेलम्ची पुगेर  विभिन्न सामाग्री हस्तान्तरण गरेको गोकर्णेश्वर युवा समूह तथा चामुण्डा पूर्व विद्यार्थी मञ्चका सदस्य प्रविण घिमिरेले  जानकारी दिए । सदस्य धिमिरेले भने मेलम्ची क्षेत्रमा स्थानीयहरुले आपतकालीन उद्वार समिति गठन गर्नुभएको  रहेछ । सोही समितीको संयोजन रुपमा सागर श्रेष्ठले गर्नु भएको रहेछ । समितिले मेलम्चीमा रहेका घरहरुबाट बालुबा, ढुङ्गा लगायतका निकाल्ने काम भैरहेको अवस्थामा हामीले उक्त कार्यमा सहयोग गर्न  ह्याम्वर, साबेल , बेल्चा तथा गाडा लगायतको सामान हस्तान्तण  गरेका छौं ।

त्यस्तै युवा समूहले हेलम्वु गाउँपालिकामा पनि सहयोग हस्तारन्तरण गरेको युवा समूहका सदस्य सुजन तिमिल्सीनाले बताए । समूहले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई  राहात सामाग्री अन्तर्गत खानेपानीका पाइप, त्रिपाल र जस्तापाता लगायतका सामान हस्तान्तरण गरेको हो ।  गाउँपालिकाले राहत सामाग्री एकद्धारा प्रणाली मार्फत वितरण गर्ने  जानकारी दिएको छ ।

हेलम्बु १ भेमाथाङ्ग चौर र पाँचपोखरी थाङ्गपालको याङ्रि लार्केमा गएको पहिरोको कारण आएको बाढीले अकल्पनीय क्षति पुर्‍याएको घटनाले यूवा समूह दुखि र मर्माहत  भएको  सदस्य  घिमिरेले बताए ।

उक्त रातह हस्तान्तरण कार्यक्रममा गोकर्णेश्वर युवा समूहका सदस्यहरु प्रविण विक्रम सिलबाल, रुपेश सुनाबार, सुजन तिमिल्सीना , कमल श्रेष्ठ, सुर्य लामा, अमित तिवारी, सविन तिवारी लगायतले सहभागि जनाएका थिए ।

यूवा समूहले पिडितको घाउमा मलम लगाउन चालेको यो कदममा विभिन्न ब्यक्ति,संस्था तथा साथीहरुले  सहयोग उपलब्ध गराएको जनाएको छ ।

यस अभियानाको विशेष रुपमा हाम्रो सहयोग अभियान तथा चामुण्डा पूर्व विद्याथी मञ्चका अध्यक्ष कुमार राज सुवेदी, स्थानीय राजकुमार भण्डारी,गोकर्णेश्वर नगरपालिका नारायणटार निवासी संजय तामाङ लगायत गोकर्णेश्वर नगरपालिका स्थित नारायणटार जोरपाटि स्थायी घर भई हाल रोजगारीको सिलसिलामा विदेशमा रहनुभएका व्यक्त्तिहरुले पीडितको घाउमा मलम लगाउन आर्थिक तवरबाट सहयोग तथा सहकार्य गरेका थिए ।  सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने सवै सहयोगी दाताहरुमा युवा समूह सदस्य घिमिरे आभार तथा धन्यवाद व्यक्त गरे ।

बाढी पहिरोमा परी हेम्बुमा १५ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी वेपत्ता भएको जनाइएको छ । बाढीले हेलम्बु र सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्याएको छ । सयौं घर बाढीको लेदोले भरिएका छन् ।

भौतिक पुर्वाधारहरु सडक,पुल,भवन,खानेपानी पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।  बाढीले अरबौंको क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।