आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

माओवादीले कारबाही गरेका जनप्रतिनिधिलाई कामकाज गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

गोकर्णेश्वर खबर१५ असार २०७८, मंगलवार १९:०३ मा प्रकाशित (२ साल अघि) १९३ पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।