आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

राष्ट्रपति भण्डारीले लिइन् नागमतीमा निमार्ण हुन लागेको बाँधबारे जानकारी

गोकर्णेश्वर खबर१३ असार २०७८, आईतवार २१:०५ मा प्रकाशित (२ साल अघि) ४१८ पाठक संख्या

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित नागमती नदीमा निमार्ण हुन लागेको बाँधबारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छन् ।काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ नागमतीमा ९ अर्बको लागतमा निमार्ण हुन लागेको बाँधबारे राष्ट्रपति भण्डारीले जानकारी लिएकी हुन ।

काठमाडौं क्षेत्र नम्बर ३ का विघटित प्रतिनिधिसभा सदस्य एव्म एमाले काठमाडौँ जिल्ला अध्यक्ष कृष्णबहादुर राई सहितको टोलीले उक्त आयोजनाबारे राष्ट्रपतिलाई अवगत गराएको हो । अध्यक्ष राईको टोलीले शीतल निवास पुगेर आयोजनाको मोडालिटी,त्यसको ढाँचा लगायत आयोजनाका बिस्तृत पाटोबारे अवगत गराएको हो ।

बाधा निमार्ण स्थल राष्ट्रपति भण्डारीको तत्कालीन निर्वाचन क्षेत्र भएको कारण पनि आयोजनाबारे जानकारी गराईएको अध्यक्ष कृष्ण राईले जानकारी दिए । उनले भने ‘राष्ट्रपति ज्यूले पटक पटक सो क्षेत्रका आयोजनाबारे चासो दिइराख्नु हुन्छ । कुन कुन क्षेत्रमा कस्ता योजना परे जनतामुखि भए भएनन् भनेर उहाँले जानकारी लिइराख्नु हुन्छ । उहाँको तात्कालिन निर्वाचन क्षेत्र भएको कारण पनि अझ धेरै चासो हुनु स्वभाविक पनि हो । उहाँले यस क्षेत्रका आयोजनाबारे चासो राख्नु भएकोले पनि हामीले यो राष्ट्रिय गौरवको आयोजनाबारे जानकारी गरायौं । जवाफमा राष्ट्रपति ज्यूले आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न र जनताका भावनालाई केन्द्रमा राखेर सबै राजनीतिक दलले विकास निमार्णका कार्यमा सहयोग पुर्याउन आव्हान गर्नुभयो ।’

एमाले केन्द्रीय सदस्य समेत रहेका राईको पहलकदमीमा सो बाँध निमार्णको लागी अर्थमन्त्री बिष्णु पौडेलले आयोजनालाई महत्वका साथमा राखेका हुन । बाँध लगभग १००० रोपनीमा निर्माण हुने उनको भनाई छ । बाँध ८० करोड लिटर पानी जम्मा गर्न सक्ने क्षमताको हुनेछ ।अध्यक्ष राईले बाँध निमार्णबाट ४ मेगावाट बिधुत उत्पादन गर्न सकिने तथा राजधानीमा बैकल्पिक पानीको श्रोत हुन सक्ने कुरालाई ध्यानमा राखेर यो आयोजनालाई प्राथमिता दिइएको बताए ।

बाध निमार्णबाट काठमाडौंमा पानीको समस्यालाई पनि सम्बोधन गर्न सकिने तथा बागमती जलाधार क्षेत्र संरक्षण तथा जलप्रवाहमा सुधारका लागि पनि आयोजना कोशे ढुगां सावित हुने विश्वास लिइएको छ ।

सो आयोजनाको लागि अर्थमन्त्री बिष्णु पौडेलसँग पटकपटक छलफल गरेका राईले बाँध निमार्ण जस्तो ठुलो आयोजनालाई काठमाडौं ३ मै ल्याउँन सकिएको भन्दै विद्युत उत्पादनदेखि उपत्यकामा पानी तथा सिचाईमा समेत टेवा पुग्ने विश्वास लिए ।

बाँध जमिनको सतहबाट झण्डै ९० मिटर उचाईको हुनेछ । बाँध निमार्णका लागी अर्थमन्त्रालयबाट ९ अर्बको वजेटको योजना प्रस्तुत भएको छ भने आयोजन सम्पन्न हुन ५ वर्ष लाग्ने अनुमान गरिएको छ ।