आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

वडा अध्यक्ष रमेश अर्यालको पहलमा स्वास्थ्य सामग्री वितरण

गोकर्णेश्वर खबर११ असार २०७८, शुक्रबार २०:४४ मा प्रकाशित (२ साल अघि) ४३५ पाठक संख्या

११ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्यालको पहलमा कोरोना संक्रमणको जोखिम कम गर्न वडामा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

कोरोना संक्रमणको अवस्था जटिल हुन शुरु भए पछि जोखिम कम गर्न वडामा स्वास्थ्य सामग्री वितरणको आवश्यकता महशुष गरी वास्थ्य सामग्री वितरण शुरु गरिएको वडा अध्यक्ष अर्यालले बताए । सो वितरण कार्य अहिले पनि जारी रहेको वडा अध्यक्ष रमेश अर्यालले गोकर्णेश्वर खबरलाई बताए ।

वडा अध्यक्ष अर्यालका अनुसार उनको पहलमा अहिलेसम्म १२ सय प्याकेट माक्स, १५० लिटर स्यानिटाइजर र ५० थान पल्स अक्सिमिटर वडा ६ का विभिन्न टोल सुधार समिती, क्लबहरु, महिला संघसंस्था तथा कोरोना कहरमा फ्रन्टलाईनमा बसेर काम गर्ने पत्रकार, स्वास्थ्यकर्मी लगायतताई वितरण भईसकेको छ ।

कोरोना संक्रमणको अवस्था जटिल हुन शुरु भए पछि वडावासीहरुमा कोरोना संक्रमणको जोखिम कम गर्न आफूले स्वास्थ्य सामग्री वितरण कार्यलाई जोड दिएको वडा अध्यक्ष अर्यालले बताए ।