आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कुटपिट प्रकरण : ज्वाला संग्रौलासहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गरिने

गोकर्णेश्वर खबर७ असार २०७८, सोमबार १९:४० मा प्रकाशित (२ साल अघि) ४४१ पाठक संख्या

काठमाडौं । कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहितलाई अभद्र व्यवहारमा मुद्दा चलाइने तयारीसहित थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।

संग्रौलासँगै पक्राउ परेका बाँकी दुईजनालाई पनि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार उनलाई अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिने भएको छ ।

कुटपिट गरेको अभियोगमा संग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । त्यसबाहेक प्रहरीलाई गरेको रंगभेदी टिप्पणीमाथि पनि अनुसन्धान गरिने भएको प्रहरी स्रोतले जानकारी दियो ।

ज्वालाको वास्तविक नाम भने टीका संग्रौला हो । ज्वालाले आफूलाई नागरिक अभियन्ता बताउँदै आएकी छन् । असई मणिकान्त झालाई रंगभेदी टिप्पणी गरेपछि उनी थप विवादमा तानिएकी थिइन् ।