आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

धुलिखेलबाट भक्तपुर ल्याएर १५ वर्षीया बालिका बलात्कार

गोकर्णेश्वर खबर७ असार २०७८, सोमबार १७:२२ मा प्रकाशित (२ साल अघि) ३६२ पाठक संख्या

काठमाडौं । धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका ८ का २३ वर्षीय जयराम चौलागाईं छन्।

उनलाई सुन्धारा क्षेत्रबाट सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बालिकालाई लिएर ती युवा ५ गते भक्तपुर हिँडेका थिए। उनले ती बालिकालाई फकाएर घुम्न हिँडाएका थिए।

प्रहरीका अनुसार उनले भक्तपुर नगरपालिका ४ को एक गेष्ट हाउसमा लगेर बालिकालाई धम्की दिई जबरजस्ती करणी गरेको बालिकाले बताएकी छिन्। ‘खाजा नास्ता खान भनी गेष्ट हाउसमा लगेको र धम्की दिएर करणी गरेको बालिकाले बताएकी छिन्,’ परिसर प्रवक्ता दीपक गिरीले भने।

बालिकालाई प्रहरीले सुन्धारा क्षेत्रबाटै फेला पारेर सोधीखोजी गरेको थियो। त्यसक्रममा चौंलागाईंले जबरजस्ती करणी गरेको बालिकाले बताएकी थिइन्।

उनकी आमाले आइतबार नै जबरजस्ती करणी मुद्दामा जाहेरी दिएपछि चौलागाईंलाई हिरासतमा लिई अनुसन्धान थालिएको परिसरले जनाएको छ।