आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सिन्धुपाल्चोक बाढी-पहिरो पीडितलाई गोकर्णेश्वर नगरपालिका ८ सँगै उन्नति र लक्ष्मी नारायण महिला समुहद्वारा खाद्यान्न वितरण

गोकर्णेश्वर खबर६ असार २०७८, आईतवार ०९:४५ मा प्रकाशित (२ साल अघि) ४०१ पाठक संख्या

काठमाडौं । गत मंगलबार आएको भीषण बाढी-पहिरोका कारण सिन्धुपाल्चोकका हेलम्बु र मेलम्चीमा ठूला क्षति पुर्यायो । बाढी-पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १५ जनाको मृत्यु भएको छ भने २३ जना अझै सम्पर्कविहीन छन्। मानविय क्षतिसँगै अरबौंको भौतिक क्षति भएको छ । केही दिन अघि सुन्दर देखिने मेलम्ची बजार यतिबेला बाढीले बगर बनेको छ । सयौं घरहरु पुरिएका छन् । कतिपयका घरहरु बाढीको लेदोसँगै बगेका छन् भने कतिपय घरभित्र रहेका नगदी जिन्सी समान पनि बाढी सँगै सोर्हीएका छन् । मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा प्राकृति विपत्तले सयौं विस्थापित भएका छन् । काठमाडौंको छिमेकी जिल्ला सिन्धुपाल्चोक यतिबेला पीडामा पिल्सीरहेको छ ।

सिन्धुपाल्चोक बाढी-पहिरोले पिल्सीरहँदा विभिन्न संघ संस्था,समाजिक अभियान्ता, राजनीतिक दलका भातृसंगठनहरु राहत तथा उद्धारमा समेत खटिएका छन् । बाढीका कारण घरबार विहिनहरुलाई यतिबेला राहत वितरणका कार्य तिव्र रुपमा सुचारु भएका छन् । सामाजमा आइपर्ने विपत्त र समस्यामा हातेमालो गर्दै अगाडी बढ्ने संस्था,समुहको नाम मध्ये काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ मा रहेका उन्नति महिला समुह र लक्ष्मी नारायण महिला समुह पनि अग्रपक्तिमा आउँछन् । सामाजिक कार्यदेखि महिला शशक्तीकरणको समेत अभियानमा जुटेका यी महिला समुह यतिबेला सिन्धुवासीको पीडामा मलम लगाउन खटिएका छन् । बाढी-पहिरोले विस्थापित भएकाहरुलाई उन्नति महिला समुह र लक्ष्मी नारायण महिला समुहद्वारा खाद्यान्न वितरण गरिएको छ ।

गोनपा-८ वडासँगै उन्नति र नारायण महिला समुहहरुको सहकार्य गरेर पीडितहरुलाई राहत वितरण गरिको हो ।

राहत वितरण कार्यक्रम गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ता एव्म वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना ,वडा सदस्य नन्दलाल श्रेष्ठ , समाज सेवी भावना ठकुरी , डुंगे धारा टोल सुधार समितिका उपाध्यक्ष मनकुमारी पुन, उन्नति महिला समुह अध्यक्ष ज्योति खरेल , लक्ष्मी नारायण महिला समुहका अध्यक्ष गिता खनाल , मकालबारी युवा क्लबका अध्यक्ष सुजन थापा लगायतको टोली राहत लिएर सिन्धुपाल्चोक पुगेको हो ।

महिला समुह अध्यक्षद्वय खरेल र खनालले छिमेकी जिल्लावासी विपत्तमा पर्दा आफुहरुको समुहबाट पनि  पीडितहरुलाई केही राहत मिल्ने अपेक्षासहित खाद्यन वितरण गरिएको बताए । उनीहरुले भने- ‘हामी मानव सामाजिक प्राणी हौं । हामीलाई एक अर्काको आवश्यकता हुन्छ । भोली यस्ता पीडा हामीलाई पनि आइपर्न सक्छन् ।सबै मिलेर विपत्तको सामाना गर्नुपर्छ ।आज सिन्धुवासीलाई प्राकृतिक विपत्त पर्यो भोली हामीलाई पर्न सक्छा । भोली हामीलाइ परेको विपत्तमा सहयोग गर्ने सिन्धुवासी हुनेछन् । जतिसक्छौं तेती सहयोग गरौं भनेर हामीहरु राहत बोकेर यहाँ आएका हौं । हामी काठमाडौंमा बसेर दुई छाक खादै गर्दा हाम्रा दाजु-भाई,दिदि-बहिनी, छोरा-छोरी,बा-आमा भोकै नहोउन भन्ने मनसाय हाम्रो हो ।घरबार गुमेको छ,कतिपय परिवारका सदस्य गुमेका छन् कति वेपत्ता छन् अनेकौं पीडा भएपनि भोकले अर्को पीडा  नपरोस्  भनेरै हामीले सक्दो सहयोग लिएर आएका हौं ।’

राहतका कार्यक्रममा पीडितहरुलाई खाद्यन अन्र्तगत चामल,दाल,तेल लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।

हेलम्बु–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा पहिरो जाँदा मेलम्चीमा बाढी आएको गाउँपालिकाले जनाएको छ। जसले गर्दा मेलम्चीमा अझै पनि पानीसँगै लेदो आइरहेको छ। बाढीले हेलम्बुसँगै मेलम्ची नगरपालिकामा पनि क्षति पुर्‍याएको छ। मेलम्ची बजार क्षेत्र पुरिएको छ। सतर्कता अपनाउँदा मेलम्चीमा भने मानवीय क्षति हुनबाट जोगिएको छ।

अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरोको हेलम्बु बाढीका कारण पूर्ववत अवस्थामा फर्कँन दसौँ वर्ष लाग्ने गरी क्षतविक्षत भएको छ ।