आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोनाका कारण प्रधानमन्त्री ओलीका पूर्वस्वकीय सचिव वरूवालको निधन

गोकर्णेश्वर खबर२५ जेष्ठ २०७८, मंगलवार १०:४६ मा प्रकाशित (२ साल अघि) ९२१ पाठक संख्या

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिव एवं पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणले निधन भएको छ ।

गत वैशाखमा न्युयोर्क पुगेका बरुवालको उपचारका क्रममा गए राति उतै निधन भएको हो ।

बरुवाललाई न्युयोर्क हुँदै सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएपछि उनी झण्डै एक महिनादेखि उपचारमा रहेका थिए । ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए ।

झापा घर भएका बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क गएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।