FLASH NEWS
आज: ७ असार २०७८, सोमबार | Mon, 21, Jun, 2021

काठमाडौँको नयाँ बस्तीमा बोरा भित्र शव फेला

गोकर्णेश्वर खबर२५ जेष्ठ २०७८, मंगलवार १०:३६ मा प्रकाशित (१ हफ्ता अघि) २५० पाठक संख्या

काठमाडौँ –  काठमाडौंको नयाँबस्तीमा बोरा भित्र पोको पारेर फालिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीका अनुसार बोरामा शव भेटिएको सूचनापछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बोरामा शव भेटिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो ।

एसपी बस्नेतले भने, ‘नयाँ बस्तीमा बोरा भित्र पोको पारेर राखेको अवस्थामा शव भेटिएको सूचना आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । अहिले कसको शव हो, घटना के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

हत्या गरेर शव फालेको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।