आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा भोलिदेखि चिनियाँ खोपको पहिलो डोज दिइने,तोकियो २ केन्द्र

गोकर्णेश्वर खबर२४ जेष्ठ २०७८, सोमबार १७:४८ मा प्रकाशित (२ साल अघि) ७०२ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा भोलिदेखि भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ । यसका लागि नगरपालिकाले खोप केन्द्र तोकेको छ । ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई भोलि २५ गते मंगलबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप दिने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार गोकर्णको सहयोगी माध्यमिक विद्यालय र चामुण्डा माध्यमिक विद्यालय नारायणटारमा तोकिएको खोपकेन्द्रबाट खोप दिइने छ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाण पत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।

चीनले कोरोनाविरुद्धको भेरोसेलको १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।