आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपालमा थप ६०८५ जना संक्रमित, ६८९८ जना निको

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार १७:३० मा प्रकाशित (२ साल अघि) २४९ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा थप ६८९८ जना निको भएका छन् ।

कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ । संक्रमितको कुल संख्या भने ५ लाख ६६ हजार ५८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।