आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

उपत्याकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन : खाद्यान्य र पुस्तक पसल खोल्न पाइने

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार १७:२३ मा प्रकाशित (२ साल अघि) ८४० पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा विगत १ महिनादेखि जारी निषेधाज्ञा मोडालिटी परिवर्तन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो ।

जिल्ला प्रशासनले अब खाद्यान्य, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलिभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ ।

प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने मोडालिटी तयार गरेको हो ।

अब मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ । उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् । आवासीय प्रबन्ध मिलाएर सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो । जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ ।

यसअघि उपत्यकामा थपिएको एकसाता लामो निषेधाज्ञा जेठ २० गते सकिँदैछ ।