आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

रहेनन् विवेकशील साझाका नेता उज्वल थापा

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार १७:२५ मा प्रकाशित (२ साल अघि) ९७२ पाठक संख्या

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

कोरोना संक्रमणबाट सिकिस्त भएका उनको केहि दिनदेखि ललितपुरस्थित मेडिसिटी अस्तालमा उपचार भइरहेको थियो।

भेन्टिलेटर र इक्मो विधिबाट उपचार गर्दा पनि कुनै सुधार नभएपछि गत २–३ दिनदेखि उनको स्वास्थ्य स्थिति अत्यन्त जटिल रहेको उनको उपचारमा संलग्न डाक्टर र परिवारजनले बताएका थिए।