आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

चीनबाट आइपुग्यो ८ लाख डोज खोप

गोकर्णेश्वर खबर१८ जेष्ठ २०७८, मंगलवार १६:०३ मा प्रकाशित (२ साल अघि) ४५१ पाठक संख्या

काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख मात्रा आज नेपाल आईपुगेको छ । बेइजिङबाट उक्त परिमाणको खोप नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले आज ल्याइपुर्‍याएको हो ।

खोप ल्याएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले आजै थप एकलाख डोज खोप काठमाडौं ल्याउँदैछ । बुधबार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले थप १ लाख डोज खोप ल्याउने भएको छ ।

यसैसाता राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादपछि चिनियाँ समकक्षी सी जिङपिङले नेपाललाई कोभिड-१९ महमारीविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।