आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वरमा रहेका आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री प्रदान

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७८, सोमबार १०:४४ मा प्रकाशित (२ साल अघि) ४२३ पाठक संख्या

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ४  स्थित  राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल)मा  रहेका डाक्टर ,अक्सिजन ,थेरापी , एम्बुलेन्स सहितको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको छ।

कोभिड–१९ सङ्क्रमित बिरामीलाई प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले आइसोलेसन सेन्टरको लागि टोखा न.पा.९ मा रहेका छाया नेपाल संस्थाका अध्यक्ष राम महर्जनले २५  पिपिई सेट, ओक्स मिटर ५ पिस , सर्जिकम मक्स ५ बक्स , डिजिटल थर्ममिटर ५ पिस , KN 95 मस्क १०० पिस , ग्लोब्स् ५ बक्स ,गोकर्णेश्वर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारीको पहलमा नगर प्रमुख सन्तोष चालिसेलाई  हस्तान्तरण गरेका छन् ।

हालै नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रेषित जानकारी अनुसार कोभिड–१९ को नयाँ भेरियन्ट पत्ता लागेको विषम परिस्थितिमा महामारीले जस्तोसुकै रूप लिन सक्ने भएकाले समाजमा थप सङ्क्रमण फैलिन सक्ने भएमा त्यसको नियन्त्रण तथा रोकथाम गर्ने हेतुले सद्भावपूर्ण सहकार्य गरी नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्ड पालना गर्दै कोभिड–१९ सङ्क्रमित व्यक्तिहरूलाई उच्च मनोबलका साथ बस्ने तथा प्राथमिक उपचार सेवा प्रदान गर्ने आइसोलेसन सेन्टरको उद्देश्य रहेको पनि नगर प्रमुख चालिसेको भनाई छ ।

उक्ता हस्तान्तरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका  मेयर सन्तोष चालिसे , गोकर्णेश्वर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारी ,नगर स्वास्थ्य प्रमुख हरि प्रसाद उपाध्य , छाया नेपाल संस्थाका अध्यक्ष राम महर्जन लगायतको उपस्थिति रहेको थियो।