आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

राष्ट्रपतिले जारी गरिन् बजेटसम्बन्धी तीन अध्यादेश

गोकर्णेश्वर खबर१५ जेष्ठ २०७८, शनिबार १५:४८ मा प्रकाशित (२ साल अघि) ४३३ पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी तीनवटा अध्यादेश जारी गरेकी छिन्।

राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले तीनवटा अध्यादेश जारी गरेकी हुन्।

आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै छन्।

यसपटक संसद् विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउनलागेको हो।