आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

सांसद छिरिङ दोर्जे लामा भन्छन् – ‘हामी जनप्रतिनिधि जनताको ज्यान जोगाउन अहोरात्र खटिएका छौं’

गोकर्णेश्वर खबर१४ जेष्ठ २०७८, शुक्रबार १९:५५ मा प्रकाशित (२ साल अघि) १२१४ पाठक संख्या

काठमाडौं । वागमति प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस वागमति प्रदेश दलका सचेतक छिरिङ दोर्जे लामाले कोरोना कहरको कठिन समयमा जनप्रतिनिधि जनताको ज्यान जोगाउन अहोरात्र खटिएका बताएका छन् ।

सांसद लामाले काठमाडौं क्षेत्र नं. ३ का जनतालाई कोरोना कहरबाट सुरक्षित राख्न र कोरोना संक्रमितहरुको उपचारलाई व्यवस्थित बनाउन आफूले गोकर्णेश्वर नगरपालिका, काठमाडौं महानगरपालिका वडा नं. ६ र काठमाडौं क्षेत्र नं. ३ का वडाहरु, स्थानीय निकायहरुसँग सहकार्य समन्वय गरिरहेको बताएका छन् ।

अहिले जनताहरु कोरोना कहरको मारमा परिरहेको अवस्थामा जनप्रतिनिधिहरु टुलुटुलु जनताको दुःख हेरेर बस्न नसक्नेमा जोड दिंदै सांसद लामाले आफूले अहोरात्र खटिएर स्थानीय निकायका जनप्रतिनिधिहरुसँग आफूले सक्दो सहकार्य, समन्वय गरिरहेको बताए ।

अहिले देश कोरोनाको दोस्रो भेरियन्टले आक्रान्त छ । दैनिक ७ हजार भन्दा धेरै संक्रमित भेटिइरहेका छन् भने मृतकको संख्या झण्डै २ सयको वरिपरि देखिन्छ । केन्द्र सरकार राजनीति लडाई र भागबण्डामै केन्द्रित देखिएको अवस्थामा साँसद लामा स्थानीय सरकासँग सहकार्य गर्दै अगाडी बढीरहनु भएको छ ।

काठमाडौं क्षेत्र नं. ३ मा वागमति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा र गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु जनताको सेवामा दिनरात लागेका छन् । सांसद लामा र गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेसहितका जनप्रतिनिधि अघिल्लो वर्ष पनि आइसोलेसन केन्द्र स्थापना देखी राहत वितरण तथा सामूहिक खाना खुवाउने कार्यमा निकै सक्रिय भएका थिए ।

कोरोनाको दोस्रो भेरियन्ट पहिलो भन्दा बढी संक्रामक देखिएको छ । मृत्युदर बढ्दो छ । अक्सिजनको अभाव कायमै छ । यावत समस्याहरुकाबीच प्रदेशसभा सदस्य स्थानिय सरकारका जनप्रतिनिधि,विभिन्न संघसंस्थाको सहयोग र समन्वयमा काठमाठौं श्रेत्र नम्बर ३ मा विभिन्न स्थानमा आइसोलेशन केन्द्र स्थापना भएका छन् ।

बुधबारदेखि काठमाडौँ महानगरपालिका बौद्ध ६ महाँकालको श्री जनकल्याण माध्यामिक विद्यालयमा पनि १० बेडको आइसोलेशन केन्द्र निमार्ण भएको वागमति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले जानकारी दिए ।  उनका अनुसार सो आइसोलेशन केन्द्रमा अक्सिजन र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ । सांसद लामाले आइसोलेशन केन्द्रमा बस्ने संक्रमितहरुको २४ घण्टा स्वास्थ्यकर्मीको निगरानी रहने बताए ।

सांसद लामा ‘अहिले आफ्नो ध्यान दोस्रो भेरियन्टले निम्त्याएको संकटलाई कसरी पार लगाउने र जनता कसरी बचाउने भन्ने मात्र रहेको बताए । उनले भने हामी जनप्रतिनिधि जनतालाई अफ्ठ्यारो पर्दा जनताको सेवामा समर्पित हुन सकेनौं भने के का लागी राजनीति गर्ने ? हामी जनताको सेवा गर्नकै लागी राजनीतिमा होमिएका हौ । जनता उपचार नपाएर मृत्युवरण गरेको हामीले हेरर बस्न सक्दैनौं, हाम्रो दक्षता क्षमताले भ्यासम्म जनताको सेवामै छौं । जनता बाँचे भोली राजनीति गरौला‘ भन्छन् । ‘आज जनता कसरी बचाउन सकिन्छ त्यो तीर लागौं भन्ने ध्यान हाम्रो रहेको छ । सोही अनुरुप कांग्रेसमा विभिन्न कार्यालयहरु आइसोलेशन सेन्टरमा रुपान्तरण गरेका छौं । सङ्क्रमितले समयमै सहजरूपमा स्वास्थ्य उपचार पाउन सकुन् भन्ने हाम्रो चाहना हो ।‘

सांसद लामाको समन्यवयमा कामपा वडा नं ६ कार्यालयको नेतृत्वमा आर्ट अफ लिभिङ, श्री जनकल्याण माध्यामिक विद्यालय र विभिन्न संघ संस्थाको साझेदारीमा १० बेडको आइसोलेशन सेन्टर निर्माण गरिएको वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामाले जानकारी दिए । उनका अनुसार आवश्यकतानुसार आइसोलेशन निर्माणलाई तिव्रता दिइएको छ ।

वडा अध्यक्ष लामाले आफुहरु विषम परिस्थीतिमा पनि नागरिकको घर दैलोमा गएर संक्रमितको पहिचान गर्न लागि परेको बताउँदै विभिन्न जिल्लाबाट काठमार्डौ आई कोठमा बसोबास गरिरहेका व्यक्ति संक्रमित भएमा उनिहरुलाई होम आईसोलेशन बस्न समस्या हुने भएकाले उक्त आइसोलेशन केन्द्र निर्माण गरिएको बताए ।

संक्रमितहरु आफ्नै घर भएका हुन् की कोठामा बस्ने आफुहरुले पहिचान गरेर मात्र व्यवस्थापन गर्ने बताए । आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको पनि  वडा अध्यक्ष  लामाको भनाई छ ।

उक्त आइसोलेशनमा विगत केही वर्षदेखि नर्सिङ पेसामा कार्यरत रहेकी श्वेता श्रेष्ठले सेवा प्रदान गर्नेछिन् । उनले कोरोना भाईरस संक्रमणका कारण अस्पातलहरुमा विरामिको चाप बढेसँगै संक्रमितका लागि रगत अभावमा समस्या सिर्जना नहोस् भन्ने मनसायले ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ पनि संचालन समेत गर्दै आएकी छिन् । सामाजिक अभियान्ता समेत रहेकी श्रेष्ठले ब्लड डोनेसन क्याम्पेन मात्र नभएर अब कोभिडका लागि समर्पित भएर काम गर्ने बताईन् ।

त्यस्तै सांसद लामा, गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे, गोनपा वडा ५ र ६ का अध्यक्षद्वय नारायण सुवेदी र रमेश अर्यालको समन्वय तथा सहानुभूति नेपालको विशेष सहयोगमा गत बैशाख २७ गतेदेखि खाङ्ग्री  इन्टरनेशनल अस्पतालमा १२ शैयाको अक्सिजन, स्वास्थ्यकर्मी र खाना सहित निशुल्क आइसोलेसन वार्ड संचालन हुँदै आएको छ ।

अहिले सो आइसोलेसनमा ७ जना संक्रमितहरु उपचाररत रहेका छन् । ह्योल्मो मिडिया ग्रुप तथा हिल नेपाल संस्थाद्वारा आइसोलेसन केन्द्रलाई ५ थान अक्सिजन र आवश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आफ्नो नगरभित्र रहेका सम्पूर्ण जनतालाई महामारीबाट जोगाउने आफूहरुको प्रयन्त जारी रहेको बताए ।

गोकर्णेश्वर नगरपालिकाले वडा नं. ४ स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क, यज्ञडोल (जगडोल) मा १२ गतेबाट डाक्टर, अक्सिजन, थेरापी, एम्बुलेन्स सहितको २५ शैयाको आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

 

 

 

मेयर चालिसेले काठमाडौंमा देशका विभिन्न जिल्लाहरुबाट अध्ययनको लागी आएका विद्यार्थी, श्रमिक, विभिन्न पेशा व्यवसायमा आबद्ध जनताहरुकै लागी सहज होस् भन्ने हेतुले गोकर्णेश्वरका विभिन्न स्थानहरुमा आइसोलेशन सेन्टर संचालनमा ल्याएको बताए । बाहिरी जिल्लाबाट आएकाहरुलाई कोरोना संक्रमण पश्चात् होम आइसोलेशन बस्न सहजता नहुनेहरुलाई ध्यानमा राखेर आइसोलेशन केन्द्र निमार्ण गरेका छौं ।

उक्ता आईसोलेसनलाई लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ए १ ले सहयोग गरेको छ। बिहान बेलुका श्रम गरेर खानेहरुका लागी लक्षित गरेर लायन्स क्लब डिस्ट्रिक ३२५ ए १ लगायतका संघसंस्थाको समन्वय र सहयोगमा खाना तथा राहतका कार्यक्रम गरेका छौं । मेयर चालिसेले भने हाम्रो कर्तव्य जनताको सेवा गर्नु हो हामी हाम्रो स्थानीय सरकारको बलबुँताले भ्यासम्म कोभिड नियन्त्रणमा लागेका छौं ।