आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

बनेपा नगरपालिका ‘सिल’ : खाद्यान्न, तरकारी र दुध पसल पनि खोल्न नपाइने

गोकर्णेश्वर खबर३ जेष्ठ २०७८, सोमबार १७:१९ मा प्रकाशित (३ साल अघि) ५५९ पाठक संख्या

काभ्रे । कोभिड संक्रमितको संख्या दैनिक बढ्दै गएपछि बनेपा नगरपालिका क्षेत्र ‘सिल’ गरिएको छ ।

संक्रमणको श्रृङखला तोड्दै न्युनीकरण गर्न जेठ ४ गते मंगलबार रातको १२ बजेदेखि जेठ १२ गते बुधबार रातको १२ बजेसम्म बनेपा नगरपालिका क्षेत्रलाई पूर्ण रूपमा ‘सिल’ गर्ने निर्णय भएको नगर प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले जानकारी दिनुभयो ।

यस अवधिमा औषधि पसल र अस्पताल बाहेक अन्य खाद्यान्न पसल, तरकारी पसल, दुग्धजन्य पदार्थ पसल र अन्य फलफुल पसल तथा व्यवसायहरू र बैंक तथा वित्तिय संस्थाहरूबाट प्रदान हुने सेवा समेत पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ ।

अत्यावश्यक सेवामा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन सन्चालन गर्न समेत नपाइने नगरपालिकाले जनाएको छ ।