आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कोरोना खोपको आपूर्ति चाँडो गर्न राष्ट्रसंघलाई प्रधानमन्त्रीको आग्रह

गोकर्णेश्वर खबर३ जेष्ठ २०७८, सोमबार १६:४७ मा प्रकाशित (३ साल अघि) १७१ पाठक संख्या

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।

राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको अवस्थालाई मध्यनजर गर्दै चाँडो खोप आपूर्ति गर्न आग्रह गरेका हुन् ।

यस्तै राष्ट्रसंघीय दूत न्यान्तीले नेपालको पछिल्लो अवस्था, खोपको उपलब्धता र आवश्यकताबारे प्रधानमन्त्रीसँग जानकारी लिएकी थिइन् । राष्ट्रसंघले खोप र स्वास्थ्य सामाग्री आपूर्तिका लागि गरेको पहलबारे न्यान्तीले ब्रिफिङ गरेकी थिइन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार भेटमा राष्ट्रसंघले कोभ्याक्स सुविधाअन्तर्गतको खोप चाँडै नेपाल ल्याउन पहल भइरहेको जनाएको छ ।