आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य शान्तिराम कार्कीको कोरोनाबाट मृत्यु

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार ०९:४७ मा प्रकाशित (३ साल अघि) ३८५ पाठक संख्या

२ जेठ, काठमाडाैँ । प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत कार्कीको शनिवार राति निधन भएको हो ।

बिगत डेढ दशकेखि पत्रकारितामा सक्रिय कार्की जनताटाइम्स र साैर्य दैनिकमा कार्यरत हुनुहुन्थो । २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मुनुभएका कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाको अध्यक्ष हुनुहुन्थ्यो ।