आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

बन्चरो प्रहार गरेर छोराले गरे आफ्नै बाबुको हत्या

गोकर्णेश्वर खबर१ जेष्ठ २०७८, शनिबार १०:१६ मा प्रकाशित (२ साल अघि) ४६८ पाठक संख्या

दैलेख । दैलेखमा बन्चरो प्रहार गरेर छोराले आफ्नै बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो १ बजेतिर डुङगेश्वर गाउँपालिका ६ स्थित डुङगेश्वर बजारमा बस्ने वर्ष २१ को विकास बुढाले आफ्नै सहोदर बुवा ४७ वर्षको नकुल बुढालाई टाउकोको पछाडि र ढाडमा बन्चरो प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी ईन्द्रजीत सुनारका अनुसार बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाको स्थानीय मेडिकलमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अहिले प्रहरीले विकासलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

घरयासी विवादका कारण घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।