आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

फिलिपिन्समा शक्तिशाली भूकम्प

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार १३:५३ मा प्रकाशित (२ साल अघि) ३०४ पाठक संख्या

मनिला /  भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५।८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९।०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराईमा रहेको थियो ।

केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ । यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो ।