आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अक्सिजन सिलिन्डिरको कालोबजारी

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार १३:०५ मा प्रकाशित (२ साल अघि) ३८९ पाठक संख्या

काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको महामारीले अक्सिजन अभाव भइरहँदा कालोबजारी शुरु भएको छ । अक्सिजन सिलिन्डरको कालोबजारी शुरु भएको छ ।

विगतमा ६ हजार रुपैयाँमा पाइने अक्सिजन सिलिन्डर ३० हजार भन्दा बढी रकममा कालोबजारी हुन थालेको हो । अक्सिजनको अभावमा धमाधम कोरोना संक्रमितको मृत्यु हुनलाग्दा सिलिन्डरको अभाव भइरहेको छ ।

सिलिन्डरको अभाव बढेपछि कालोबजारी गर्नेहरुले ३० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्ममा कालोबजारी गर्न थालेका छन् ।

यसैगरी, अक्सिजनका लागि उत्पादन कम्पनीमै पुगेर उपभोक्ता अक्सिजन भर्न थालेका छन् । त्यसका लागि उनीहरुले माथिल्लो निकायसम्म भनसुन गर्न पर्ने अवस्था बढेको छ ।(फाइल तस्बिर