आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आज थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १८:०७ मा प्रकाशित (२ साल अघि) ४२७ पाठक संख्या

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ५९६ जनाको पीसीआर परीक्षण र ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।