आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अक्सिजनको हाहाकार,नेपाल मेडिकल कलेजमा ५ जनाको मृत्यु

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १७:५६ मा प्रकाशित (२ साल अघि) ४५५ पाठक संख्या

नेपाल मेडिकल कलेजमा अक्सिजन आपूर्ति गर्दै आएको सोपान सप्लायर्सले अक्सिजन दिन नसक्दा अस्पतालमा उपचाररत बिरामीको बिचल्ली हुने भएको छ ।

सोपानले आफ्नो अक्सिजन प्लान्ट बिग्रिएकाले आजबाट अक्सिजन दिन नसक्ने जानकारी अस्पताल प्रशासनलाई दिएपछि बिरामी उपचार नपाई मर्ने अवस्थामा पुग्ने भएका हुन् ।

अस्पतालमा हाल मौजुदा अक्सिजनले कोरोना संक्रमित भएर उपचार गराइरहेका बिरामीका लागि आज साँझ ५-६ बजेसम्मलाई मात्र पुग्ने बुझिएको छ । अक्सिजनको हाहाकार हुने अवस्था बनेपछि अहिले अस्पताल प्रशासन आन्तरिक छलफलमा जुटेको छ ।

कलेजमा गएराती साढे २ बजे गोदावरी नगरपालिका -८ अत्तरखेलका ४४ वर्षीय छिरिङ शेर्पा र राती १ बजे गौरीघाटका ६५ वर्षीय उत्तम मानन्धरको मृत्यु भएको छ ।

बिहान ८ बजेदेखि १० बजेसम्ममा ३ जना अन्य कोरोना संक्रमितको पनि मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका-७ का ८७ वर्षीय विष्णुप्रसाद गुरागाई,गोनपा-७ का वर्ष ४५ को ग्याल्जेन शेर्पा र कागेश्वरी ननगरपालिका- ६ का चन्द्र बहादुर कटवाल भएको अस्पतालले जनाएको छ ।

पछिल्लो ३ वटा मृतकको शव हालसम्म नेपाल मेडिकल कलेजमै रहेको बताइएको छ ।