आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

निषेधाज्ञा थपिएसँगै काठमाडौँ उपत्यकामा के गर्न पाइन्छ, के गर्न पाइदैन ?(विज्ञप्तिसहित)

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १७:४० मा प्रकाशित (२ साल अघि) ५८२ पाठक संख्या

२८ वैशाख, काठमाडाैँ । काठमाडौँ उपत्यकामा आगामी जेठ १३ गते मध्यरातसम्म निषेधाज्ञा थप गरिएको छ । थप गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन कडाइ गर्ने र अनुगमन गर्ने निर्णय प्रशासनहरुले गरेका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बिहान अत्यावश्यक सामान खरिदका लागि ९ बजे सम्मको समय तोकिएकोमा १ घण्टा बढाएर १० बजे सम्म पुर्याईएको छ । तर यो समयमा किनमेल गर्ने र सम्बन्धीत व्यवसायीले स्वास्थ्य सर्तकताकामापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।

स्वास्थ्य मापदण्ड प्रयोग भए÷नभएको अनुगमन गरिने छ । साथै विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठानहरु पार्टी प्यालेसमा गर्न पाईने छैन । पार्टी प्यालेसमा गरिने सबै धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरुमा रोक लगाईएको छ । घरमा नै अत्यन्तै न्यून सदस्य उपस्थित भएर स्वास्थ्य मापदण्ड पालना गरि गर्ने काममा भने रोक लगाईने छैन । यसअघि पहिलो चरणमा बैशाख १६ देखि २२ गते सम्म र दोश्रो चरणमा बैशाख २९ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य मापदण्ड पालना भए नभएको, मास्क प्रयोग र अनावश्यक हिडडुल गर्नेहरुमाथि कडा अनुगमन गरिने र मास्क नलगाउने प्रति जरिवाना गर्ने , अत्यावश्यक काम बाहेक हिडडुल गर्नेलाई होल्डीङमा राखिने बताउनुभयो ।

खाद्यान्न, अत्यावश्यक वस्तु, औषधी लगायतले पास को आधारमा र पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजिकरण गरिने छ । मृत्यु संस्कार र विरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्ने व्यवस्था मिलाईएको पनि उहाँले बताउनुभयो ।