आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने मन्त्रालयको निर्णय

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १७:१४ मा प्रकाशित (२ साल अघि) ३३६ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड–१९ अस्पताल बनाउने निर्णय गरेको छ ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितहरुको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको जानकारी दिए । साथै निजी अस्पतालहरुलाई एक तिहाइ बेड ननकोभिडका लागि छुट्याएर बाँकी शय्यालाई कोभिडका लागि प्रयोग गर्न भनिए पनि कति अस्पतालले त्योभन्दा धेरै शय्यामा कोरोनाको उपचार गरिरहेको उनले बताए ।

कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएका कारण अक्सिजनको अभाव रहेको भन्दै अक्सिजन उत्पादन नबढाएसम्म त्यो चुनौती कायम रहने अर्याको भनाइ थियो । उनले काठमाडौंमा भएको अक्सिजन उद्योगबाट ८ हजार र अस्पतालहरुबाट २ हजार गरी १० हजार सिलिन्डर उत्पादन हुने तर, माग भने करिब १५ हजार सिलिन्डर रहेको बताए ।