आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

टेकु अस्पतालमा कीट अभाव, पीसीआर परीक्षण बन्द

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १५:५७ मा प्रकाशित (२ साल अघि) २५८ पाठक संख्या

काठमाडौँ– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षणमा आवश्यक एक्सपान्सन कीट अभाव भएको छ ।

कीट अभाव भएसँगै अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ।

अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार ‘एक्सपान्सन कीट’ सकिएपछि पीसीआर परीक्षण हाललाई रोकिएको हो ।

‘एक्सपान्सन कीट सकियो, त्यसलै हाललाई पीसीआर परीक्षण रोक्नुपर्ने भयो, अब कीट उपलब्ध भएपछि परीक्षण थालिनेछ,’ उनले भने ।

कोरोनाको उपचार हुने मुख्य सरकारी अस्पताल टेकुमा हाल दैनिक पाँच सयभन्दा बढी व्यक्तिको पीसीआर परीक्षण गर्दै आएको छ।