आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पोखरामा उपचाररत थप ११ जना कोरोना संक्रमितको मृत्‍यु

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार १३:३५ मा प्रकाशित (२ साल अघि) ५२९ पाठक संख्या

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २६२ पुगेको छ ।

पोखरा महानगर १७ का ५३ वर्षीय पुरूषको वैशाख २६ गते बिहान ५ः३५ बजे गण्डकी मेडिकल कलेजमा मृत्‍यु भएको छ। उनलाई २० गते कोरोना संक्रमण देखिएको थियो ।

यस्तै रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा वैशाख २५ गते राति ११ः३० बजे मृत्‍यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना स्क्रमण पुष्टि भएको थियो ।

यस्तै स्याङ्जा वालिङ नगरपालिका ३ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २५ गते मृत्यु भएको छ । उनीलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यसैगरी वैशाख २५ गते पोखराको मेडिप्लस अस्पतालमा उपचाररत पोखरा महानगरपालिका ९की ३१ वर्षीया कोरोना संक्रमित महिलाको राति ११ः २२ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै म्‍याग्दी, मालिका गाउँपालिका ५का ५८ वर्षीय पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा वैशाख २४ गते साँझ ६ः१५ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा स्याङ्जा गल्याङ नगरपालिका ३की ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्‍यु भएको छ । उनलाई वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पोखरा महानगरपालिका २की ५८ वर्षीया कोरोना संक्रमित महिलाको वैशाख २४ गते साँझ ६ः२५ बजे गण्डकी मेढिकल कलेजमा उपचारको क्रममा मृत्‍यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

पोखरा महानगरपालिका २७का ५२ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा विहान ८ः३० बजे मृत्यु भएको छ । उनमा वैशाख २३ गते कोरोना संक्रमण देखिएको थियो ।

यस्तै पोखरा महानगर १९का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको वैशाख २५ गते मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका १२की ३५ वर्षीया कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा वैशाख २५ गते राति ९ः०५ बजे मृत्‍यु भएको छ। उनलाई वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने कोभिड निमोनियाको पनि समस्या देखिएको थियो ।

यस्तै पर्वतको कुश्मा नगरपालिका १३ का ४२ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा विहान ५ः५ बजे मृत्यु भएको हो। उनलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो साथै कोभिड निमोनियाको पनि समस्या देखिएको थियो ।