आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

देउवालाई भेटेलगत्तै बालुवाटार पुगेर ठाकुर–महतोले भने-‘विश्वासको मत दिने सक्दैनौं, बरू तटस्थ बस्छौं’

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार १३:०५ मा प्रकाशित (२ साल अघि) ३७० पाठक संख्या

काठमाडौं । जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् ।

आइतबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुरले विश्वासको मत नदिने बरू तटस्थ बस्ने जानकारी गराएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।

जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेका छन् । ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का भएको छ । एमालेकै माधव नेपाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार ९वैशाख २७ गते० संसदको विशेष अधिवेशन बोलाइएको छ ।