आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

काठमाडौँ उपत्यकामा एकैदिन ४ हजार १०६ जनामा कोरोना पुष्टि

गोकर्णेश्वर खबर२४ बैशाख २०७८, शुक्रबार १९:२३ मा प्रकाशित (२ साल अघि) ७८६ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा गरी कुल ४ हजार १०६ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।