आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि एमालेबाट थापा र स्वतन्त्रबाट देवकोटाको उम्मेदवारी दर्ता

गोकर्णेश्वर खबर२४ बैशाख २०७८, शुक्रबार १३:०६ मा प्रकाशित (२ साल अघि) २१४ पाठक संख्या

काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ ।

वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।

स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ ।