आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

काठमाडौँ उपत्यकामा मात्रै थपिए ३९ सय ७२ कोरोना संक्रमित

गोकर्णेश्वर खबर२३ बैशाख २०७८, बिहीबार १७:५३ मा प्रकाशित (२ साल अघि) २३१ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३१ सय ६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा गरी कुल ३९ सय ७२ जना थपिएको जानकारी दिएका हुन् ।