आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सांसदहरूको कोरोना परीक्षण (फोटो फिचर)

गोकर्णेश्वर खबर२२ बैशाख २०७८, बुधबार १५:४९ मा प्रकाशित (२ साल अघि) २६५ पाठक संख्या

काठमाडौँ– विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सांसदहरूको कोरोना परीक्षण गरेको छ ।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरू, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाव लिइएको छ ।

भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण हुनेछ ।

ल्होत्से हलमा बिहान १० बजेदेखि पीसीआर परीक्षण जारी रहेको संसद सचिवालयले जनाएको छ ।

 

तस्वीर : रासस