आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेताहरुले सत्तास्वार्थप्रेरित क्रियाकलापबाट वर्गीय आन्दोलनलाई छिया–छिया बनाए : नेता गौतम

गोकर्णेश्वर खबर१८ बैशाख २०७८, शनिबार १५:२९ मा प्रकाशित (२ साल अघि) २९५ पाठक संख्या

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेता–कार्यकर्ताहरुले आफ्ना गल्ती–कमजोरीप्रति आत्मालोचना गर्दै एकताबद्ध हुनुपर्ने बताएका छन् ।

शनिबार अन्तरर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले गल्ती र कमजोरीप्रति आत्मालोचित भएको पनि बताएका छन् ।

“आजको दिन कम्युनिस्ट आन्दोलनमा लागेका हामी सबै नेता–कार्यकर्ताहरुका लागि आफ्ना गल्ती–कमजोरीप्रति आत्मालोचित हँुदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो,” गौतमले भनेका छन्, “मबाट पनि यसबीच केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु, तिनलाई सच्याउन लागिपरेको पनि छु । भविष्यमा सबै क्रमशः स्पष्ट हुँदै जानेछन् ।”

गौतमले अहिले श्रमजीवी वर्गका नेताहरुले सत्तास्वार्थप्रेरित क्रियाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई छिया–छिया बनाएको आरोप पनि लगाएका छन् ।

“यो क्रियाकलाप रोक्न सकिएन भने प्रतिगमन प्रतिस्थापित हुनेछ । ऐतिहासिक उपलब्धि समाप्त हनेछन् र नेपालीको उज्ज्वल भविष्य जोडिएको समृद्ध समाजवादमा पचासौँ वर्षसम्म पर्दा लाग्नेछ,” गौतमको भनाइ छ ।