आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं उपत्यकामा यातायात बन्द गर्ने निर्णय

गोकर्णेश्वर खबर१३ बैशाख २०७८, सोमबार १७:०३ मा प्रकाशित (३ साल अघि) १००१ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय भएको छ ।

उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाको भनाई छ ।

उनकाले यो निर्णय वैशाख १६ गते मध्यरातदेखि लागू हुने बताए । कोरोनाभाइरसको संक्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।