आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं उपत्यकामा बुधवारदेखि लकडाउनको तयारी

गोकर्णेश्वर खबर१३ बैशाख २०७८, सोमबार १६:४९ मा प्रकाशित (३ साल अघि) ४३७ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा बुधवारदेखि लकडाउन गर्ने सरकारले तयारी गरेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार उपत्यकामा रहेका तीन जिल्लामा बुधवारदेखि लकडाउन गर्ने सरकारले तयारी गरेको हो । यसबारेमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।

बैठकले सीसीएमसीको सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले बताउनुभयो ।

सक्रिय संक्रमितको संख्या ५ सय बढी भएको जिल्लामा लकडाउन गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतवारसम्म यी ९ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँचसय नाघेको छ :

मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देही