आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सबै तहका परीक्षा स्थगन गर्न सीसीएमसीको सिफारिस

गोकर्णेश्वर खबर१२ बैशाख २०७८, आईतवार २१:५२ मा प्रकाशित (३ साल अघि) २५९ पाठक संख्या

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सबै तहका परीक्षा स्थगन गर्न सिफारिस गरिएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको हो ।

भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गर्नुपर्ने भन्दै सिफारिस गरिएको सीसीएमसीको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

त्यसैगरी बैठकले भोलिदेखि शुरु हुने विद्यालय तहका सबै परीक्षा पनि स्थगित गर्न सिफारिस गरेको उनले बताए ।

बैठकमा काठमाडौं उपत्यका लगायत कोरोना संक्रमणको जोखिम रहेका ठाउँमा लकडाउन गर्न समेत विज्ञहरुले सुझाव दिएका छन् ।

बैठकले लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ । बैठकले सक्रिय संक्रमितको संख्या ५०० पुगेमा सीडीओले नै निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय गरेको हो ।

यसअघि नेपालमा कोरोनाको जोखिम बढेसँगै सीसीएमसीले सबै विद्यालय वैशाख महिनाभर स्थगन गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषदले लागू गरिसकेको छ ।

आज मात्रै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८ थपिएको छ भने एकैदिन ३ हजार १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।